राजनीतिको कालो बादल चुनावपछि हटेर जान्छ : मुख्यमन्त्री पोखरेल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सहयोगी मानिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद विघटनको बचाउ गर्दै पदीय आकांक्षाबाट सिर्जना भएको राजनीतिको कालो बादल चुनावपछि हटेर जाने बताएका छन् ।

मंगलबार लुम्बिनी प्रदेश सरकारको सहयोगमा निर्माण भएको शिवगंगा आँखा उपचार केन्द्रको उद्घाटन गर्दै उनले प्रधानमन्त्रीसँग अरु कुनै विकल्प नभएर संसद विघटन गर्नुपरेको दाबी गरे।

उनले चुनावपछि राजनीतिमा लागेको कालोबादल हट्ने र मुलुक सुशासनको बाटोतर्फ जाने दाबी पनि गरे। साथै चुनावको ताजा जनादेशले सबैको वास्तविकता उजागर गर्ने उल्लेख गरे।

मुख्यमन्त्री पोखरेलले संविधानले सबै अधिकार प्रत्याभूत गरेको ती अधिकार प्राप्तिका लागि मुलुक धनि हुनु पर्ने बताए। मुख्यमन्त्रीले जनताको अधिकार सुरक्षित भइसकेको र अब मुलुक धनि र समृद्ध बनाउने तर्फ काम गर्नुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्