कांग्रेस सभापति देउवा माघ पहिलो साता पर्वत आउँदै



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माघ पहिलो साता पर्वत आउने भएका छन् । उनी शहिद हरिदत्त स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्वोधन गर्न माघ १ गते पर्वत आउन लागेको कांग्रेस महासमिति सदस्य गंगाधर तिवारीले जानकारी दिए ।

तिवारीको १८ औं स्मृति दिवसमा शंकरपोखरीमा आयोजित सभालाई देउवाले सम्वोधन गर्नेछन् । प्रतिष्ठानले तिवारीको स्मृतिमा शंकरपोखरीमा निर्माण गरेको भवनसमेत देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा कार्यक्रममा पार्टीका नेता गोपालमान श्रेष्ठसमेत आउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्