प्रधानमन्त्रीले संघीयता र समावेशितालाई समाप्त पार्न खोजे : उपेन्द्र यादप



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीबाट संघीयता, गणतन्त्र र समावेशितालाई समाप्त पार्न खाजिएको आरोप लगाएका छन् ।

मंगलबार वीरगञ्जमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले अहिलेसम्म मुलुकले प्राप्त गरेका उपलब्धिलाई समाप्त पार्न खाजेको आरोप लगाएका हुन् ।

‘ओलीजीले संघीयता, गणतन्त्र र समावेशितालाई समाप्त पार्न खोज्नुभएको छ, संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन् गर्नुभएको छ,’ उनले भने,‘ प्रधानमन्त्रीको यो कदम लोकतन्त्र, गणतन्त्र र संघीयतालाई सिध्याउनकै लागि आएको हो ।’

उनले चुनाव गराउनको लागि प्रधानमन्त्री ओलीले मध्यावधी चुनाव घोषणा नगरेको दाबी गरे । सबैको ध्यान निर्वाचतिर मोडेर थप असंवैधानिक कदम चाल्नको लागि ओलीले चुनावको मिति घोषणा गरेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्