सर्वोच्चबाट आएको जुनसुकै निर्णय पनि मान्न तयार छौं : बिमलेन्द्र निधि



जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले प्रतिनिधिसभा विघटनको सम्बन्धमा सर्वोच्च अदालतले छिटो फैसला दिनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन धनुषाले मंगलबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले सर्वोच्चबाट संसद पुनर्स्थापना या निर्वाचनको जुनसुकै निर्णय आए पनि मान्न तयार रहेको बताए ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्चमा एक दर्जन बढी रिट परेका छन् । ती रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्