दाजुको हत्याको बदला लिन बहिनीले हत्यारालाई प्रेममा फसाएर जगंलमा लगेर मार्न खोज्दा…



एक बहिनीले आफ्नो दाजुको हत्या गर्नेलाई मारेर बदला लिनको लागि खतरनाक चाल चलेकी छिन् । कुरा मुम्बईको हो । सन् २०२० जून महिनामा मुम्बईको मलाड क्षेत्रमा पार्किङको विषयमा दपुई गुटबिच भिडन्त भएको थियो । भिडन्तमा मोहम्मद सादिक नामका युवकले २४ बर्षिया अल्ताफ शेखको हत्या गरिदिए । त्यसपछि सादिक दिल्ली भागे ।

दाजुको मृत्युले बहिनी निकै नै टुटिन् र उनको दाजुको हत्यारासँग बदला लिने सोच बनाइन् । त्यसपछि बहिनीले आफ्ना दाजुका साथीहरुको सहायताले ति हत्यारासँग कुरा गर्न थालिन् । उनीसँग प्रेमको नाटक गरिन् र भेट्न बोलाइन् । ती युवक भेट्न आएपछि युवतीले उसको अपहरण गराइन् । त्यसपछि ती युवकलाई जगंलमा लगेर मार्न खोजिएको थियो जहाँ युवतीका दाजुका साथीहरु पनि सामेल थिए । तर उनीहरुले ती युवकलाई मार्न पाएनन् । किनकी ती युवकको अपहरण गरेको केही व्यक्तिले देखेर पुलिसलाई जानकारी गराएका थिए । सहि समयमा पुलिस त्यहाँ आएर ती युवकको हत्या हुन दिएनन् ।

अहिले बहिनीसहित उनका दाजुका ५ जना साथीहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्