

सुनको भाउ पुनः बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार मगंलबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार ८ सय पुगेको छ । हिजो सुनको कारोवार तोलामा ९२ हजार २ सयले भैरहेको थियो । आज सुनको भाउ तोलामा ६ सयले बढेको हो ।
यसैबीच मंगलबार चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १२५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।