ओली प्रतिगमन विषयान्तर गर्न शक्ति केन्द्रले प्रायोजित पगरी गुथाए : बाबुराम भट्टराई



काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई मत्थर गर्न महान् राष्ट्रवादी भन्ने खालका पगरी विभिन्न शक्तिहरुबाट गुथाइने भएकोले सचेत हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार भारतीय टिभीलाई दिएको अन्तर्वार्तालाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेका छन् ।

त्यसतर्फ संकेत गर्दै भट्टराईले मंगलबार बिहान ट्वीट गर्दै ‘ओली प्रतिगमन विषयान्तर गर्न’ यस्ता गतिविधि भइरहेको दाबी गरेका छन् ।

‘ओली प्रतिगमनलाई मत्थर गर्न, विषयान्तर गर्न र अन्तत : स्थापित गर्न २०१७ सालपछि महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की, साहसी, कसैसँग नझुक्ने आदि इत्यादि प्रायोजित पगरी भित्रीरबाहिरी शक्तिहरूबाट गुथाइनेछ,’ भट्टराईले भनेका छन्, ‘नेपाली जनता र देशलाई उही निरंकुशता र अल्पविकासरपरनिर्भरतामा फसाइनेछ ! चेतना भया ।’

प्रतिक्रिया दिनुहोस्