प्रतिनिधिसभा विघटनको निर्णयले संवैधानिक जटिलता निम्त्यायो : कमल थापा



गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले केपी शर्मा ओली नेतृत्वको सरकारको ज्यादतीबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त विकल्प रहेको बताएका छन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गोरखा आएका थापाले पत्रकारसँग कुराकानी गर्दै प्रतिनिधिसभा विघटनको निर्णयले संवैधानिक जटिलता निम्त्याएको बताए ।

प्रतिनिधिसभा विघटनसम्बन्धी अहिलेको संविधानमा केही अस्पष्टता छ, उनले भने संविधानको व्याख्या तथा संविधानमा रहेको विवाद निरुपण गर्ने अन्तिम अधिकार सर्वोच्चलाई दिएको छ, त्यसैले अहिलेको अस्पष्टताको व्याख्या पनि सर्वोच्चले गर्नुपर्छ । प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा विचाराधिन रहेकाले कोही कसैले पक्ष विपक्षमा जवाफ दिनु उपयुक्त नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्