
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीले कोरोना विरुद्धको खोप प्राप्तिका लागि सरकारले पहल गरिराखेको बताएका छन् ।
रूस, भारत र युएईका राजदूतसँग खोप आपूर्ति लगायतबारे कुराकानी गरिएको उल्लेख गर्दै मन्त्री त्रिपाठीले छिट्टै खोप ल्याइने जानकारी दिए।
खोप अभियानका रुपमा सञ्चालन गर्ने तयारी छ । प्राप्तिदेखि लगाउनेसम्म अभियान सञ्चालन गर्ने हो, मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, छिमेकी देशहरुमा खोप आइसक्यो हामीले कहिलेपाउने भन्ने चिन्ता देखिएको छ । समाचारहरु पनि आएका छन् । हामी छिट्टै खोप ल्याउँछौं ।
उनले खोप ल्याएपछि भण्डारण र खोप लगाउने जनशक्तिलगायत आन्तरिक व्यवस्थापनको काम अब धेरै बाँकी नरहेको पनि बताएका छन् ।





