कर्णाली प्रदेशका विकासमन्त्री दल रावललाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार मन्त्री रावललाई पिसिआर जिन एक्सपर्ट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा.डम्बर खड्काले जानकारी दिए ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री रावलको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्