

काठमाडौं । आज २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । पृथ्वी जयन्तीको अवसरमा विविध कार्यक्रम गरी मनाइँदैछ ।
यसैक्रममा २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिको आह्वानमा काठमाडौंमा र्याली निकालिएको छ ।
सिंहदरबारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको प्रतिमामा माल्यार्पणको लागि सहभागीहरू त्यहाँ पुगेका छन् । जसले गर्दा त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सहभागीहरूले अखण्ड नेपाल जिन्दावाद, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राष्ट्रिय एकता जिन्दावाद, पृथ्वी नारायण शाह अमर रहून् लगायत नारा लगाइरहेका छन् । र्यालीमा प्रहरीले धरपकड गरेको छ ।