रोटरी कम्युनिटी क्रप्स पशुपतिको अध्यक्षमा राजन प्रसाद रेग्मी निर्वाचित



रोटरी क्लब अफ पशुपतिको भगिनी संस्थाको रुपमा रहेको रोटरी कम्युनिटी क्रप्स पशुपतिको संस्थापक अध्यक्षमा राजन प्रसाद रेग्मी निर्वाचित भएका छन् ।

रोटरी क्लब अफ पशुपतिका अध्यक्ष शालिकराम अधिकारी, रोटरी डिस्ट्रिक ३२९२ का एसिस्टेन्ट गर्भनर दुर्गा प्रसाद सुवेदी, नि–वर्तमान अध्यक्ष हर्क साउद, पूर्व अध्यक्ष चुम्बनजंग शाही, गोपाल पोखरेल, प्रेसिडेन्ट इलेक्ट भुवन सिं कुंवर, रो गणेश सुवेदी, बूढानीलकण्ठ नगरपालिका वडा.नं. १२ का अध्यक्ष शम्भू भट्टराई, बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक बिनोद पण्डित, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा इन्ट्रयाक्ट क्लबका सल्लाहकार ध्रुव प्रसाद घिमिरेको उपस्थितिमा एसिस्टेन्ट गर्भनर दुर्गा प्रसाद सुवेदीले अध्यक्ष राजन प्रसाद रेग्मीलाई क्रप्सको सपथ गराएका थिए भने अध्यक्ष रेग्मीले बोर्ड सदस्यहरुलाई सपथ गराएका थिए । क्लबको चार्टर सेरोमनीलाई क्लबका अध्यक्ष अधिकारीले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए भने क्रप्सको चार्टर सर्टिफिकेट अध्यक्ष रेग्मीलाई हस्तान्तरण गरेका थिए ।

नेपाल सरकारद्धारा नमुना विद्यालय घोषित बाल उद्धार माध्यमिक विद्यालयका सहायक–प्रधानाध्यापक रहेका अध्यक्ष रेग्मी समाजसेवामा पनि उत्तिकै सक्रिय छन् ।

रोटरी कम्युनिटी क्रप्स पशुपतिको नव–निर्वाचित कार्य समिति :
संस्थापक अध्यक्ष : राजन प्रसाद रेग्मी
प्रेसिडेन्ट इलेक्ट : दिल कुमारी वि.क
प्रेसिडेन्ट नोमिनी : सरण पौडेल
उपाध्यक्ष : सरुपा अर्याल
सचिव : रीता भण्डारी
कोषाध्यक्ष : निर्जला सिजापति
क्लब एन्मिन चियर : नगेन्द्र खरेल
सर्भिस प्रोजेक्ट चियर : देवी रेग्मी
मेम्बरसिप चियर : सौरभ गौतम
रोटरी फाउण्डेशन चियर : नम्रता सापकोटा
पब्लिक रिलेसन चियर : पूण्य प्रसाद काफ्ले
सदस्यहरु
उर्मिला पोखरेल
कमला कार्की
शिव अधिकारी
होमा न्यौपाने
कल्याणी चिमोरीया
गुरु त्रिपाठी

प्रतिक्रिया दिनुहोस्