इन्ट्रयाक्ट क्लब पशुपति अफ बाल उद्धार स्कुलको अध्यक्षमा आस्था घिमिरे निर्वाचित



रोटरी क्लब अफ पशुपतिको भगिनी संस्थाको रुपमा रहेको इन्ट्रयाक क्लब पशुपति अफ बाल उद्धार स्कुलको संस्थापक अध्यक्षमा आस्था घिमिरे निर्वाचित भएकी छिन् ।

रोटरी क्लब अफ पशुपतिका अध्यक्ष शालिकराम अधिकारी, रोटरी डिस्ट्रिक ३२९२ का एसिस्टेन्ट गर्भनर दुर्गा प्रसाद सुवेदी, नि–वर्तमान अध्यक्ष हर्क साउद, पूर्व अध्यक्ष चुम्बनजंग शाही, गोपाल पोखरेल, प्रेसिडेन्ट इलेक्ट भुवन सिं कुंवर, रो गणेश सुवेदी, बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक बिनोद पण्डित, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा इन्ट्रयाक्ट क्लबका सल्लाहकार ध्रुव प्रसाद घिमिरेको उपस्थितिमा रोट्याक्ट क्लब अफ पशुपतिका अध्यक्ष आभाष अधिकारीले अध्यक्ष आस्था घिमिरेलाई इन्ट्रयाक्ट क्लबको सपथ गराएका थिए भने अध्यक्ष घिमिरेले बोर्ड सदस्यहरुलाई सपथ गराएकी थिइन् । क्लबको चार्टर सर्टिफिकेट एसिस्टेन्ट गर्भनर दुर्गा प्रसाद सुवेदीले अध्यक्ष घिमिरेलाई हस्तान्तरण गरेका थिए ।

इन्ट्रयाक्ट क्लब पशुपति अफ बाल उद्धार स्कुलको नव निर्वाचित कार्य समिति :
अध्यक्ष : आस्था घिमिरे
उपाध्यक्ष : अमृत राज पन्त
सचिव : विकास लामा
सह–सचिव : रुपा मैनाली
कोषाध्यक्ष : विपना सापकोटा
कमिटी अफ फाइनान्स : सबिता दाहाल
कमिटी अफ सर्भिस : रोजिना गौतम
कमिटी अफ क्लब : मिलन गौतम
कमिटी अफ इन्टरनेशनल अन्डरस्ट्यान्डिङ : दिक्षा भट्टराई
सदस्यहरु
सम्झना चौधरी
महेश श्रेष्ठ
सम्झना थारु
ज्ञानिशा गुरुङ
रेमिशा शाक्य
टार्जन भुजेल
अर्जुन पण्डित
सागरमणि आचार्य
मोनिशा खड्का
चेतना भट्टराई
आयुष तामाङ
जेनिशा वि.क.
रागबेन्द्र कुमार यादव
दोहिनी प्रसाद खतिवडा
मेनुका कार्की

प्रतिक्रिया दिनुहोस्