

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन आयोग जाँदैछन् ।
आयोगको पुस २३ को पत्र र आयोगले अगाडि बढाएको निर्वाचन प्रक्रियाबारे आपत्ति जनाउन दुई अध्यक्ष आयोग जान लागेका हुन् । यो समूहका एक नेताका अनुसार, सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई आयोगले प्रभावित गर्न खोजेकाले आपत्ति जनाउन दुई अध्यक्ष बहादुर भवन जान लागेका हुन् ।
‘सर्वोच्च अदालतमा संसद् पुनस्र्थापनाबारे मुद्दा विचाराधीन अवस्थामा छ । तर, आयोगले त्यसलाई प्रभावित गर्नेगरी निर्वाचनको काम अगाडि बढाएको छ । यसलाई रोक्नुपर्छ भनेर दुई अध्यक्ष जान लाग्नु भएको हो’, ती नेताले भने ।