ह्वात्तै घट्यो सुनको मूल्य, तोलामा कति ?



आइतबार ह्वात्तै घटेको सुनको भाउमा सोमबार पनि गिरावट आएको छ । हिजो तोलामा रु.२ हजार ३ सयले घटेको सुनको मूल्य आज पुनः तोलामा ८ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९२ हजार २०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।

यस्तै चाँदी तोलामा रु ४० ले घटेको छ। आइतबार रु. एक हजार २७० मा कारोवार भएको चाँदी आज भने रु एक हजार २३० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्