गुल्मीको एक बाख्रा फार्ममा आगोलागी हुँदा २५ वटा बाख्रा मरे



गुल्मीको एक बाख्रा फार्ममा आगलागी हुँदा २५ वटा बाख्रा जलेर नष्ट भएका छन् । शुक्रबार राति जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर–३ हर्राचौरमा बिरेन्द्र शाहले संचालन गरेको थ्री बाख्रा फार्ममा आगलागी भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

थ्री बाख्रा फार्ममा १७ माउ बाख्रा र ८ वटा बच्चा गरि २५ वटा बाख्रा रहेका थिए । थ्री बाख्रा फार्ममा आगोलागी हुँदा फार्मक संचालक बिरेन्द्र शाह घाइते भएक छ्न । घाइते भएका शाहको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।

आगलागीबाट बाख्रा फर्म र बाख्राको अन्दाजी मूल्य ३१ लाख ७५ हजार बराबरको क्षती भएको प्रहरीले अनुमान गरेको छ । घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायव निरिक्षक मनबहादुर आलेको कमाण्डमा टोली खटाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्