
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भारतसँग साँचो अर्थमा मित्रता बढाउन चाहेको बताएका छन् ।
राष्ट्रिय सभा बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतसँग साँचो अर्थमा मित्रता गर्न चाहेको बताएका छन् ।
‘म भारतसँग साँचो अर्थमा मित्रता गर्न चाहन्छु । मित्रता बढाउन चाहन्छु,’ उनले भने, ‘सम्बन्ध नयाँ उचाइमा पुर्याउन चाहन्छु। समानताका आधारमा मनदेखिको मित्रता हुने हो ।’
उनले भू-भाग हडपिएको थाहा हुँदाहुँदै बोल्न नसक्ने र बाहिर सम्बन्ध राम्रो छ भन्ने विगतमा गरिएकोप्रति असन्तुष्टि पनि जनाएका छन् ।





