माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए ।

आजकै मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्