
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार समसामयिक विषयमा प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजेपछि सम्बोधन गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए । उनले वैशाखमा चुनावसमेत तय गरेका छन् ।
प्रधानमन्त्रीको कदमलाई लिएर नेपाली कांग्रेस, नेकपाकै प्रचण्ड(नेपाल पक्ष र जनता समाजवादीलगायत दलले विरोध गरिरहेका छन् ।





