
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा सुरु भएको आन्दोलन अन्तर्गत आगामी माघ २३ गते काठमाडौँमा १ लाख मानिस उतार्ने भएको छ ।
सो पक्षका प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संसद विघटन ‘गैरसंवैधानिक, गैर लोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी प्रतिगामी कदम’ भएको दावी गर्दै सो विरुद्ध काठमाडौंमा कम्तीमा १ लाख मान्छे उतार्ने बताएका हुन् । त्यसका लागि श्रेष्ठले सम्पर्क कमिटीहरुलाई अहिल्यैबाट तयारी गर्न निर्देशन पनि दिए ।





