यी महिला पाइलट, जसले आज रच्दैछिन् इतिहास…



संसारको सबैभन्दा लामो हवाइ मार्गमा पूरै महिला सदस्यहरु मात्र भएको टिमको नेतृत्व गर्दै क्याप्टेन जोया अग्रवालले आज उडान भर्दैछिन् ।

महिला मिले यो मार्गमा विमान उडाउन लागेको यो पहिलो पटक समेत हो । क्याप्टेन अग्रावालले आज अमेरिकाको सन फ्रान्सिस्कोबाट एयर इण्डियाको विमान उडाएर उत्तरी ध्रुवको बाटो हुँदै भारतको बैंगलोर आउनेछिन् ।

उत्तरी ध्रुवको माथिबाट जहाज उडाउनु सजिलो छैन । यो निकै चुनौतीपूर्ण भएकाले एयरलाइन्स कम्पनीहरुले यो मार्गमा एकदमै अनुभवी पाइलटहरु मात्र पठाउने गरेका छन् । एयर इण्डियाले यो उडानको लागि बनाएको पाइलटहरुको टिममा महिलाहरु मात्र छन् । क्याप्टेन जोया अग्रवाल यो टिमकी कमाण्डिङ अफिसर हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस्