
भारतको कर्नाटक राज्यको चिकमंगलुरु जिल्लामा अचम्मको घटना घटेको छ । जसले अहिले सामाजिक सञ्जालमा निकै तहल्का मच्चाइरहेको छ । चिकमंगलुरु जिल्लामा बिहे चलिरहेको थियो । त्यहि बेला बेहुलीले आफ्नी प्रेमिका लिएर मण्डपबाटै भागे ।
बेहुला नै भागेपछि बेहुलीले जन्तीमध्येबाट एक युवक रोजेर सोहि मण्डपमा ती युवकसँग बिहे गरिन् । बेहुलाले प्रेमिका लिएर भागेपछि बेहुलीले केही नसोची जन्तीमा आएका एक युवक रोजेर त्यतिबेलै बिहे गर्दा त्यहाँका बासिन्दा पनि अचम्मित भएका छन् ।
रिपोर्टअनुसार नवीन र अशोक नाम गरेका दुई दाजुभाइको एकैपटक बिहे हुन लागेको थियो । अशोकको त बिहे भयो तर नवीन भने बिहे बीचमै छाडेर प्रेमिकासँग भागे । नवीनले बिहेको सबै रिती रिवाजमा भाग लिए तर जब सात वचनको बेला भयो त्यसपछि भने नवीनले जीवनसाथी नै बदलिदिए ।





