‘ट्रम्पले गर्न सक्छन् परमाणु बमको हमला’



अमेरिकी प्रतिनिधि सभाको स्पीकर नेन्सी पेसोली क्यापिटल हिलमा भएको हिंसालाई लिएर निकै चिन्तित भएकी छिन् । उनले बताएअनुसार ट्रम्प जेसुकै गर्न सक्छन् ।

ट्रम्पका समर्थकले मच्चाएको उधुमबाट नेन्सी भयभीत भएकी छन् । उनको विचारमा राष्ट्रपति ट्रम्प अन्तिमका दिनमा जुनसुकै पाइला चाल्न सक्छन् ।

उनको बुझाइमा ट्रम्पले राष्ट्रपतिको रूपमा परमाणु अस्त्र नै प्रयोग गर्न सक्छन् । अमेरिकी राष्ट्रपतिसँग परमाणु अस्त्र प्रयोग गर्ने परमाणु कोड हुन्छ । नेन्सीलाई आशंका छ राष्ट्रपतिले यो कोडको प्रयोग गरी परमाणु विपदा निम्त्याउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्