

नागरिक समाजले प्रतिनिधिसभाको विघटन विरुद्ध प्रदर्शन गरेको छ । मइतीघरमा भएको प्रदर्शनमा डा.गोविन्द केसी पनि उपस्थित थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गरेपछि चौतर्फि दवाव र आलोचना भइरहेको छ। प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपाकै प्रचण्ड–नेपाल समूहलगायत नागरिकसमाजले पनि सडकमा आन्दोलन गरिरहेका छन्।