काठमाडौँमा ओली समूह निकट युवा संघको भेला हुदैँ, प्रधानमन्त्रीले सम्बोधन गर्ने



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूह निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघले काथमाडौँमा आज प्रदर्शनसहित भेला गर्दैछ ।

केहीसमय अघि भएको प्रतिनिधिसभा विघटनको समर्थनमा संघले उक्त भेला गर्न लागेको हो । काठमाडौँका विभिन्न स्थानबाट निस्किएको जुलुस प्रज्ञा भवनमा पुगेर सभामा परिपणत हुने बताइएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सभालाई सम्बोधन गर्नेछन् ।

पछिल्लो समय प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूह सडक संघर्षमा उत्रिएको छ भने ओली समुह पनि विघटनको औचित्य पुष्टि गर्न र चुनावको तयारीमा जुट्न भन्दै विभिन्न जुलुस तथा कार्यकर्ता भेलामा निस्किएको छ ।

प्रतिक्रिया दिनुहोस्