नभुल्नुहोस्, यस्ता शब्दले दुख्न सक्छ पत्नीको मन…



विवाह एक पवित्र बन्धन हो । त्यसैले पनि विवाह हतारमा गर्नु हुदैँन भनिन्छ । विवाहको बन्धमा बाधिएपछि हामीले हाम्रो जीवनसाथीको साथ जीवनभर निभाउन आवश्यक हुन्छ । विवाहपछि पति पत्नीमा समझदारी हुनु अत्यावश्यक हुन्छ । एकअर्कालाई बुझ्न आवश्यक हुन्छ । यदि बुझ्न सकिएन भने नै हाम्रो सम्बन्ध बिग्रदै जाने हो । हुन त पति पत्नीबिच सामान्य झगडा हुनु स्वभाविकै हो । तर कहिलेकाहि सानै कुरालाई बुझ्न नसक्दा त्यो ठूलो भैदिन्छ र झगडा पनि ठूलो हुन्छ ।

कहिलेकाहिँ पुरुषहरुले आवेशमा आएर जथाभावी बोल्दा महिलाको मन लामो समयसम्म दुख्ने गर्छ । त्यसैले जान्नुुस्, कस्ता कुराले तपाईंकी पत्नीलाई चोट पुु(याउँछ ।

– धेरैजसो पतिहरुले पत्निलाई घरको काम गर्दा होस् वा अफिसको धेरै कुरा बुझ्दैनौँ भन्दै चुप लगाउन खोज्छन् । प्राय पत्निहरुलाई यस्तो व्यवहार मन पर्दैन । किनकी हरेक श्रीमतीले आफ्नो श्रीमानलाई राम्रो होस् भनेर नै केही कुरा भन्ने गरेकी हुन्छिन् ।

– हाँसो ठट्टाका क्रममा होस् या रिसमा पुरुषहरुले धेरैपटक आफ्नी पत्नीको माइतीबारे टिप्पणी गर्छन् । यद्यपी, तपाईंको पत्नीका लागि उनको माइतीबारे कुनै पनि नराम्रो कुरा सुन्नुु असह्य हुन्छ । यसबारे कुनै प्रतिक्रिया नदेखाएपनि उनीहरुको मनमा यस्तो कुरा गडिरहेको हुन्छ ।

– विवाह गरेपछि एउटी नारीले व्यक्तिगत जीवनसँगै श्रीमानको घर पनि सम्हाल्नुपर्ने हुन्छ । घरको व्यवहार मिलाउन त्यति सजिलो हुदैँन । तर कुनै समयमा श्रीमानले यस्तो कुरा बुझ्दैनन् र श्रीमतमाथि नै प्रश्न उठाउँछन् । यस्तो कुराले पनि श्रीमतीको मन निकै दुख्न सक्छ ।

– एक युवती आफ्नो घर–परिवार छाडेर एक नयाँ परिवारको हिस्सा बन्छिन् र त्यसलाई सजाउँछिन् । यदि, उनलाई ‘सधैं मनोमानी गर्छेस् ।।’ भनियो भने उनी स्तब्ध हुन्छिन् । उनले आफ्नो पूरा समय तपाईं र तपाईंको परिवारका सदस्यलाई दिएकी हुन्छिन् । यसबीच कतिपटक उनी आफ्नो ख्याल राख्न पनि भुल्छिन् । त्यसैले यो कुरा याद राख्नुुस् र अन्जानमा कहिले पनि यस्ता कुरा गरेर पत्नीको मन नदुखाउनुस् ।

प्रतिक्रिया दिनुहोस्