बिरामी पत्नी सीतालाई भारतमै छोडेर आज नेपाल फर्कदै प्रचण्ड



४ दिनअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीताको उपचारका लागि भारत पुगेका थिए । पत्नी सीतालाई भारतै छोडेर प्रचण्ड आज नेपाल फर्कन लागेको सचिवालयले जानकारी दिएको छ ।

गत पुष २० गते अध्यक्ष प्रचण्ड छोरीहरुसहित पत्नीको उपचारको लागि भारतको मुम्बई गएका थिए । सीता अस्वस्थ्य भएपछि भारत लानुअघि मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

सीता पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी) बाट लामो समयदेखि पीडित छिन् ।

प्रतिक्रिया दिनुहोस्