म नेकपामा प्रवेश गरेको होइन : दीपक मनाङ्गे



काठमाडौं । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजिव गुरूङ (दीपक मनाङ्गे)ले आफू नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश नगरेको बताएका छन् ।

‘मैले प्रदेशसभामा गएर एक कप चिया पनि खाएको थिएन,’ मनाङ्गेले भने, ‘प्रदेशमा बहुमतको सरकार बनाउनुपर्छ भन्ने कुरा आयो र मैले ठिकै छ, विकासको सवालमा सहयोग गर्नुपर्छ भनेर त्यतिकै हस्ताक्षर गरिदिएको हुँ । तर म नेकपामा प्रवेश गरेको होइन ।’

उनले आफूले स्वतन्त्र रुपमा जितेको हुँदा बहुमतको सरकार बनाउन त्यतिकै हस्ताक्षर मात्र गरेको विषयलाई नेकपामा प्रवेशनै गरेको भन्नु गलत हुने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्