साथीहरु ढुक्क रहनुहोस् चुनाव वैशाख १७ गते नै हुन्छ : केपी ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयमा चुनाव हुने जिकिर गरेका छ । शुक्रबार धनगढीमा आयोजित एक सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी वैशाख १७ र २७ गते चुनाव हुने दाबी गरेका हुन् ।

‘केपी ओलीले चुनाव गर्दैन भनेका छन्, म फेरि दोहोर्‍याएर, तेहर्‍याएर भन्न चाहान्छु, चुनाव वैशाख १७ गते नै हुन्छ । साथीहरु ढुक्क रहनुहोस्, चुनावमा लाग्नुहोस्, तयारीमा लाग्नुहोस्,’ उनले भने ।

उनले चुनावबाट सही नेतालाई जिताएर पठाउन समेत आग्रह गरे । ‘तपाईलाई हात जोडेर भन्न चाहान्छ, भ्रष्ट तत्वहरुलाई गाउँ–गाउँबाट ठेगान लगाउनुहोस्,’ उनले भने, ‘देशका लागि लड्ने, जनताका लागि काम गर्ने, विकासका लागि लाग्नेहरुलाई भोट हालेर पठाउनुहोस् ।’

प्रतिक्रिया दिनुहोस्