प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्रीलाई पठायो संविधान पुस्तक र ज्ञापनपत्र



काठमाडौं । संसद् विघटनविरूद्ध विभिन्न संघर्षका कार्यक्रम गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले देशभरका जिल्ला प्रशासन कार्यलयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र र संविधान पुस्तक पठाएको छ ।

संसद् विघटनविरूद्ध दोस्रो चरणको आन्दोलन अन्तर्गत प्रचण्ड–नेपाल पक्षले शुक्रबार देशभर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र र संविधान पुस्तक दिएको हो ।

यसअघि पुस १८ गते नेकपा प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्