
काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी सदस्य भीम रावलले नेकपा सुदूरपश्चिम प्रदेशको बैंक खाताबाट रकम निकालेको भनेर आफूलाई लगाइएको आरोप हाँस्यस्पद रहेको बताएका छन् ।
‘यो त हाँस्यास्पद कुरा हो । पार्टीको खाता हाम्रो प्रदेश सचिव र कार्याले सचिवको नाममा सञ्चालन हुन्छ । उहाँहरुले हस्ताक्षर गरेर एउटा बैंकको खाताबाट अर्को खातामा रकम सार्नुभएको छ, रावलले भने, मलाई हिनामिना गरेको भन्नुभएको छ नि त्यो हाँस्यास्पद हो । न मेरो बैंकमा खाता होस् न केही होस्, त्यसै आरोप लगाइएको छ । नेकपाको खाताको रकम एउटाबाट अर्कोमा सार्ने काम स्वभाविक हो । उहाँहरुले त्यहीँ गर्नुभएको हो ।
अश्लील गालीगलौजमा उत्रिएको समूहले यस्ता आरोप लगाउनु ठूलो कुरा नभएको समेत उनले बताए ।





