सुदूरपश्चिममा केपी ओलीलाई ‘इग्नोर’, मुख्यमन्त्री र मन्त्रीहरु स्वागत गर्न विमानस्थलमा नजाने



काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न विमानस्थलमा नजाने भएका छन् ।

प्रचड नेपाल पक्षका नेकपा कैलाली अध्यक्ष तथा प्रदेश सभा सांसद दीर्घ सोडारीले असंवैधानिक कदम चाल्ने ओलीलाई स्वागत गर्न कोही नजाने बताए ।

ओलीका केही मतियार गए जान सक्छन् । मुख्यमन्त्री, मन्त्री कोही जाँदैनन् सोडारीले भने । उनीहरुले आमसभा गरे गरुन्, हामी केही भन्दैनौं तर ओलीको असंवैधानिक कदमका विरुद्ध पुत्ला जलाउने, टायर बाल्ने र प्रदर्शन गर्ने काममा युवाहरु स्व्त स्फुर्त जान सक्छन् सोडारीले भने ।

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेकपा विभाजनमा प्रचण्ड-नेपाल समूहमा छन् । प्रचण्ड-नेपाल समूहले ओलीलाई लक्षित गरी प्रदर्शन गर्ने योजना बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्