

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा धनीराम शर्मा नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समितिले अध्यक्षमा चयन गरेसँगै बिहीबार शर्मालाई पद तथा गोपनीयताको सपथ खुवाइएको छ ।
नेपाल राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारीले शर्मालाई पद तथा गोपनीयताको सपथ खुवाएको राष्ट्रिय वाणिज्य बैंकले जानकारी दिएको छ ।
यसअघि बैंक सञ्चालक समिति अध्यक्षमा उपेन्द्र कोइरालालाई नियुक्त गर्ने गरी सरकारको तयारी थियो । स्रोतका अनुसार कोइरालालाई अध्यक्ष बनाउने विषयमा विवाद देखिएपछि शर्मालाई अध्यक्ष बनाइएको हो ।