भेरीमा बस खस्दा एकको मृत्यु, एक बेपत्ता



काठमाडौं । गुर्भाकोट नगरपालिका ९ सुर्खेत गरालेस्थित गौंडाबाट भेरी नदीमा बस खसेको छ । आज दिउसो २ः४५ बजेतिर ना.५ख. ७७५० नम्बरको बस छिन्चु–जाजरकोट सडक खण्डमा दुर्घटना भएका हो ।

बस खस्दा एक जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतका प्रहरी निरीक्षक माधव चौधरीले जानकारी दिनुभयो ।

“बसमा तीन जना सवार रहेको प्रारम्भिक जानकारी आएको छ,” प्रहरी निरीक्षक चौधरीले भन्नुभयो, “त्यसमा एकको मृत्यु र अर्को एक जना बेपत्ता भएका छन् । मृतक र बेपत्ता दुवैको पहिचान हुन सकेको छैन ।” एक जनालाई गम्भीर घाईते अवस्थामा उद्धार गरी मेहलकुना अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्