ओली प्रवृत्ति पार्टीभित्र र बाहिर सबैका लागि समस्या भयो : माधव नेपाल



काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नभई ओली प्रवृत्ति अहिलेको समस्या भएको बताएका छन् ।

नागरिक समाजका अगुवाहरुसँग बिहीबार भएको अन्र्तरक्रियामा नेता नेपालले प्रधानमन्त्री केपी ओलीको तौर तरिकामा चित्त नबुझेपछि नै आफैंले संसदमा देश डुब्न लायो भनेर बोलेको स्मरण गरे ।

कोरोना लगायतका जनताका मुद्दाहरुमा पार्टीभित्र विवाद बहस गर्न खोज्दा छलफल नै नगरेपछि आफूहरुले केही बाँकी नराख्ने र गणेशहरु मात्र खोज्ने ओलीको त्यही प्रवृत्तिलाई चित्रण गरेर आफूले बा-बा प्रवुत्ति भनेको नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्