
काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलैमा सच्चिएर घर फर्किन आग्रह गरेका छन् ।
नेकपा निकट सम्बद्ध जनवर्गिय संगठनको जिल्लास्तरीय संयुक्त भेलालाई पोखरामा विहीबार सम्बोधन गर्दै भट्टराइले भने, ‘प्रधानमन्त्री ज्यू, तपाईले गल्ती गर्नुभयो,’ उनले अगाडि थपे, ‘अब ढिला नगरी घर फर्किनुस्, अहिल्यै फर्किनु भयो भने समय छ, तीनवर्षपछि फर्किँदा समय घर्किनेछ ।’
नेता भट्टराईले सुर्यचिह्नमा अरुले आँखा लगाएपनि आफुहरु बाहेक अरुले नपाउने बताए । उनले भने, ‘सुर्य चिह्न हिजोपनि हामीसँग थियो, आजपनि छ र भोलिपनि रहनेछ ।’ उनले चुच्चे नक्सा जारी गरेर वाहवाही कमाएका प्रधानमन्त्रीले त्यहि चुच्चेनक्सा छापिएको किताव वितरण गर्न नदिएर भारतप्रति खातिरदारी गरेको आरोप लगाए ।
भट्टराईले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताए । उनले सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्ने बताए ।





