अस्पतालका नर्सले नै कोरोना संक्रमितसँग शारीरिक सम्बन्ध राखेपछि…



कोरोनाको महामारीको कारण २०२० नै पुरा अस्तव्यस्त रह्यो । अहिले मानिस आफ्नो सामान्य जीवनमा केही हदसम्म फर्किसकेका छन् । तर कोरोनाको डर भने उत्तिकै रहेको छ । कोरोनाका कारण लाखौँले ज्यान समेत गुमाए । यसबिच अस्पतालका नर्स र डाक्टरले भने आफ्नो स्वास्थ्यको परवाह नगरी निरन्तर बिरामीको सेवामा खटिरहे । यसको हामी सबैले सम्मान गर्नु आवश्यक छ ।

तर इन्डोनेशियामा भने एक पुरुष नर्सले कोरोना संक्रमितसँग नै शारिरीक सम्बन्ध राखेका छन् । हामीले हाँछ्यु गर्दा कोरोना सर्छ भनेर मास्क नलगाइ बाहिर समेत निस्कदैनौँ । यस्तो बेला एउटा नर्सले नै कोरोना संक्रमितसँग शारिरीक सम्बन्ध राखेको खबरले सामाजिक सञ्जाल तातिरहेको छ ।

उक्त पुरुष नर्सलाई अहिले पक्राउ गरिएको छ । समाचार अनुसार यो घटनाको खुलासा ती कोरोना संक्रमितले वाट्सएप म्यासेजको स्क्रीनसर्ट सामाजिक सञ्जालमा पोस्ट गरेपछि भएको हो।

समाचार अनुसार दुबैले यौन सम्बन्ध अस्पतालको शौचालयमा बनाएका थिए। इन्डोनेनिसयाको नर्स एसोसिएशनले घटना निकै अकल्पिनीय भएको बताएको छ। प्रहरीले नर्स पुरुषलाई पक्राउ गरेर हिरासतमा राखेको छ। समाचार अनुसार दुबैले समलैंगिक सम्बन्ध स्वीकारसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्