‘न्यू इयर’ मनाउन गएकी एयरहोस्टेसको सामूहिक बलात्कारपछि मृत्यु, होटलको बाथटपमा भेटियो लास…



केहीदिन अघिमात्र विश्वका अधिकांश मुलुकमा नयाँ बर्ष मनाइयो । नयाँ बर्षलाई मानिसहरुले निकै उत्साहका साथ मनाउने गरेका छन् । धेरैजसो मुलुकमा नयाँ बर्षको दिन न्यू इयर इभ पार्टी मनाउने चलन छ । यसैबिच न्यू इयर इभ को पार्टी मनाउन साथीहरुसँग गएकी एक एयर होस्टेसको सामूहिक रुपमा बलात्कारपछि मृत्यु भएको छ । यो समाचारले अहिले पुरा सामाजिक सञ्जाल नै हल्लाएको छ ।

२३ वर्षकी क्रिस्टिन डेसेरा फिलिपिन्स एयरलाइन्समा एयरहोस्टेस थिइन् । उनी आफ्ना साथीहरुसँग नयाँ वर्षको अघिल्लो रात न्यू इयर इभ पार्टी मनाउन जकातीको एक होटलमा बसेकी थिइन् । रातमा पार्टी भइरहँदासम्म सबै ठिक थियो तर बिहान साथीहरुले उनलाई मृत अवस्थामा फेला पारे । स्थानीय मिडियाका अनुसार पुलिसले क्रिस्टिनको शव बरामद गर्ने बेला उनको शरीरमा धेरै चोटहरु थिए । यी चोटहरुले उनको सामूहिक बलात्कार भएको जनाउँथे ।

यो घटनाबारे अनुसन्धान गरेर प्रहरीले हालसम्म ११ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेकामध्येका ३ जना उक्त पार्टीमा सरिक थिए । कृष्टिन सामाजिक सञ्जालमा चर्चामा थिइन् । उनको फ्यान फलोइङ समेत राम्रो थियो । जसका कारण पनि उनको मृत्युले निकै हल्ला मच्चिएको हो ।

प्रतिक्रिया दिनुहोस्