सांसद यादवले भने : प्रधानमन्त्रीलाई सम्माननीय भनौं कि असम्माननीय ?



काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले प्रतिनिधिसभा विघटनको चर्को विरोध गरेका छन् । बिहीबार बसेको बैठकमा बोल्दै सांसद मृगेन्द्रकुमार सिंह यादवले भने, प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी, निरंकुश, कायरतापूर्ण र असामयिक कदम हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदीय आचरण विपरीत काम गरेको सांसद यादवको आरोप छ । सम्माननीय प्रधानमन्त्रीज्यूको यो कदमको, काम सम्मान पाउने गर्नुभएको छैन, सम्माननीय प्रधानमन्त्री भनौं कि असम्माननीय प्रधानमन्त्री भनौं ? बडो द्विविधामा छु, बैठकमा यादवले भने ।

पार्टीको आन्तरिक विवादलाई निहुँ बनाएर जननिर्वाचित संस्था विघटन गर्नुलाई सांसद यादवले श्रीमती वा बुबासँग झगडा हुँदा घरमा आगो लगाएको घटनासँग तुलना गरे ।

प्रतिक्रिया दिनुहोस्