द्धैत चरीत्र पालेर अघि बढ्नु काङ्ग्रेसको लागि आत्मघाती कदम हुनेछ: लोकेन्द्र राना



खगेन्द्र हमाल, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेश कमीटिका सदस्य एवंम पार्टीका युवा प्रभावसाली नेता लोकेन्द्र राना (प्रसान्त)ले कर्णालीमा नेकपाको सरकार परिवर्तन नहुने बताएका छन ।

कर्णाली प्रदेशमा जम्मा सभामुख सहित ४० सिट रहेको प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी नेकपाले निर्वाचनमा ३३ सिट बिजय प्राप्त गरेको थियो । अन्य ६ सिट काङ्ग्रेसले प्राप्त गरेको थियो भने १ राप्रपाको रहेकोे छ ।

नेकपामा पार्टी भित्रको आन्तरिक विवादका कारण नेकपा अहिले दुई धारमा उभिएको छ । प्रचण्ड माधव पक्ष एकधारमा देखिन्छन भने ओलि पक्ष एकधारमा उभिएका छन । शक्ति संघर्षमा जुटिरहेको नेकपाका दुबै पक्ष यतिबेला देशब्यापी रुपमा अन्तरसंघर्ष गरिरहेका छन ।

ओलि पक्षले बैशाखमा निर्वाचन गराउने भनेको छ भने प्रचण्ड माधव नेपालले त्यसको घोर बिरोध गरिरहेका छन । त्यसैगरी प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पनि आफ्नो अडान कायम राखेको छ । नेता प्रसान्तले भने प्रधानमन्त्रीले गरेको असंबैधानिक’कु’ का विरुद्ध एउटा नजिर बसाउनका लागि पनि सम्पुर्ण राजनीतिक दल एकजुट भएर सडक संघर्ष गर्नुपर्ने बताए ।

कर्णाली प्रदेशमा प्रचण्ड माधव र केपि शर्मा ओलि पक्षका संसदहरुको विवरण यसप्रकारको छ ।

ओलि पक्ष १ं१०..११
प्रचण्ड माधव पक्ष. २२
नेपाल काङ्ग्रेस. ६
राप्रपा .१

नेता प्रसान्तले नेपाली काङ्ग्रेसले लोकतन्त्रको पक्षमा देशको बिकास समृद्धिको पक्षमा जनताले चाहे बमोजिमको जुन अग्रसरता देखाउनु पर्ने थियो त्यसबाट नेपाली काङ्ग्रेस चुकेको स्पष्ट धारणा व्यक्त गरे ।

काङ्ग्रेसले संसद विघटन गर्ने र अध्यादेशबाट देश चलाउने राष्ट्रपति र प्रधानमन्त्रीले चालेको कदम बारे आफ्नो आधिकारिक धारणा प्रष्ट पार्नु पर्छ । यदी यो कदम असम्बैधानिक र प्रतिगमन कारी हो भन्ने निष्कर्ष हो भने त्यसलाई सच्याउने र देशलाइ संबैधानिक ट्र्याकबाट पुन संचालन गर्न एक मात्र विकल्प सडक संघर्ष हो भन्ने बुझाइ सहित काङ्ग्रेस निर्णायक रुपमा सडक संघर्षमा आउनु पर्छ ।

काङ्ग्रेसले अहिलेको कदम बेठीक पनि भन्ने अनि चुनाव पनि ठिकै हो, आन्दोलन पनि ठिकै हो भनेर द्धैत चरीत्र पालेर अघि बढ्नु काङ्ग्रेसको लागि आत्मघाती कदम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्