राष्ट्रियसभा बैठक बस्दै



काठमाडौं । प्रतिनिधिसभा विघटनपछि सञ्चालन भएको राष्ट्रियसभा हिउँदे अधिवेशनको दोस्रो बैठक बिहीबार बस्ने भएको छ । यसअघि गएको शुक्रबार बसेको बैठकले बिहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको थियो ।

आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्