यी महिला, जसले आफ्नो बलात्कार गर्नेलाई अगाडी राखेर ४ घण्टासम्म कुरा गरेपछि माफी दिइन्…



क्यानडाको ओन्टारियोमा बस्ने मार्ली लिस नामक २५ बर्षकी युवतीले आफूलाई बलात्कार गर्ने व्यक्तिलाई माफी दिएर अहिले दुर्व्यवहार र यौन हिंसा पिडितलाई सहयोग पनि गरिरहेकी छिन् । मार्ली लिसका अनुसार उनी अपराधीलाई सजाय दिलाउने भन्दा पीडितको घाउ निको पार्ने र उनीहरुलाई नयाँ जीवन जिउन सघाउने कुरामा जोड दिन्छिन् ।

स्थानीय मिडिया रिपोर्टअनुसार मार्लीले २०१९ मा आफूलाई बलात्कार गर्ने व्यक्तिको करिब ४ घण्टा सामना गरेकी थिइन् । उनले बलात्कारीलाई माफी दिएकी थिइन् ।

मार्लीले आफूले त्यस व्यक्तिलाई सजाय दिनुभन्दा पनि अतीतलाई बिर्सिएर अघि बढ्नु उचित भएको सम्झिएर आफूलाई बलात्कार गर्नेलाई माफी दिएकी शुन् । उनले त्यसबेलादेखि नै यौन हिंसाको शिकार भएका महिलाहरुलाई सहयोग गर्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्