नेकपा काठमाडौं जिल्ला कमिटी प्रचण्ड-नेपाल समूहले २९ गते वृहत कार्यकर्ता भेला गर्ने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड – माधव नेपाल समूहले आगामी पुष २९ गते वृहत कार्यकर्ता भेला गर्ने भएको छ ।

काठमाडौँ जिल्ला कमिटीद्धारा आयोजित उक्त कार्यक्रममा अध्यक्षद्धय पुष्पकमल दाहाल(प्रचण्ड) र माधवकुमार नेपालले सम्बोधन गर्ने जनाइएको छ ।

बुधबारका दिन गर्ने भनिएको कार्यक्रम प्रज्ञा प्रतिष्ठान कमलादीमा आफ्ना नेता कार्यकर्ताहरुलाई पार्टीको निर्देशन र ओली सरकारको असंवैधानिक, अराजनैतिक, पश्चगामी र निरुकुंशासनको डटेर विरोध गर्नको लागि कार्यकर्ता भेला बोलाइएको एक नेताले बताएका छन् ।

त्यस्तै गरि प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ आउने बुधबार हुने भएको छ । आजको संवैधानिक इजलासले अर्को सुनुवाइ पुस २९ गते बुधबार गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्