

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् ।
उनले बुधबार दिउँसो धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी पदबाट राजीनामा दिएको बताएका हुन् ।
उनले पछिल्लो राजनीतिक परिस्थितिले राजीनामा दिन बाध्य पारेको बताए ।
विद्यमान राजनीतिक अवस्थामा काम गर्न नसकिने परिस्थिति आएको थियो । यस्तो अवस्थामा पनि पदमा बसिरहे जनतामा अन्याय हुने ठानेर राजीनामा दिएको हुँ, उनले भने ।