
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार तानाशाह भएको जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आरोप लगाएका छन् । नेकपा प्रचण्ड–माधव समूहले बानेश्वरमा गरेको अन्तर पार्टी अन्तरक्रियामा भट्टराईले ओली परिवर्तन विरोधी भएको बताए ।
उहाँ इमान्दार तानाशाह हो,’ भट्टराईले भने । तर, अहिले पनि केपी ओलीलाई पार्टीबाट ननिकालिएकोमा उनले प्रश्न गरे, ‘केपी ओली परिवर्तनको विरोधी मान्छे हो । तपाईंहरु (नेकपाका नेताहरु) ले कसरी बोकेर ल्याउनुभयो, अचम्म लाग्छ ।’
भट्टराईले ओलीलाई राजनीतिक क्यान्सरको संज्ञा दिए । ‘केपी ओली राजनीतिक क्यान्सर हो । राजनीतिक क्यान्सरले हामी सबैलाई खान्छ’, उनले भने । पार्टीभित्र देखिएको क्यान्सरलाई चाँडो फाल्न आग्रह समेत गरे ।





