संकटकाल लगाउने सपना कसैले नदेखे हुन्छ : माधवकुमार नेपाल



काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले संसद विघटनको निर्णय व्यवस्था विरुद्धको कदम भएको बताएका छन् । यो समूहले बानेश्वरमा गरेको अन्तरपार्टी अन्तरक्रियामा नेपालले संसद विघटनले नेकपा मात्रै नभएर देशै सिध्याइदिने कदम भएको बताए ।

तर, ओलीको यस्तो चाहना पूरा हुन नदिने उनले बताए । ‘सुनिन्छ, संकटकाल लगाउने । संकट निम्त्याउँदै जाने । तर, त्यस्तो षडयन्त्रको सम्भावना कसैले नदेखे हुन्छ,’ अध्यक्ष नेपालले चुनौती दिए । अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको उनले बताए ।

‘घरमा झगडा भए, घरै सिध्याइदिने । परिवारमा झगडा भए, परिवारै सिध्याइदिने ?’, नेपालले भने । अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्