संसद विघटनबारे सुनुवाइ गरिरहेको संवैधानिक बेञ्चमा नबस्ने न्यायाधीश कार्कीको घोषणा



काठमाडौं । न्यायाधीश हरिकृष्ण कार्की संसद विघटनबारे सुनुवाइ गरिरहेको संवैधानिक बेञ्चमा नबस्ने भएका छन् । बहस गरिरहेका अधिवक्ताले संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठाएपछि कार्की बेञ्चमा नबस्ने भएका हुन् ।

आजको सुनुवाइमा वकिलहरूले न्यायाधीश हरिकृष्ण कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको मुद्दा हेर्न नमिल्ने बताएका थिए । बरिष्ठ अधिवक्ता शम्भु थापाले आफूले न्यायाधीश कार्कीको इमानमा प्रश्न नगरेको भए पनि उनी यसअघि ओली प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता भइसकेकाले यो इजलासमा उनी हुँदा प्रश्न उठेको बताएका थिए ।

वकिलहरूले इजलासमा बस्ने/नबस्ने निर्णय न्यायाधीश कार्कीले नै गर्नुपर्ने बताएका थिए । न्यायाधीश कार्कीले आजै अबदेखि आफू यो मुद्दाको इजलासमा नबस्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्