दिउँसै लालटिन बालेर ओली सरकार खोज्दै विद्यार्थी संगठन



काठमाडौं । प्रचण्ड नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी नेकपा को विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा आज लालटिन बालेर प्रदर्शन गरेका छन् ।

रञ्जित तामाङ नेतृत्वमा रहेका अनेरास्ववियूले बुधबार माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म दिउँसै लालटिन बालेर प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए । उक्त कदमको नेकपाका प्रचण्ड-माधव नेपाल, नेपाली कांग्रेस, जसपालगायत दलहरूले असंवैधानिक भन्दै विरोध गरेका छन् ।

प्रधानमन्त्रीको उक्त कदम सच्चिनुपर्ने भन्दै अनेरास्ववियूले आन्दोलन नै घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्