
सिन्धुली । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा र सूर्य चिह्न प्रधानमन्त्री केपी ओलीकै पक्षमा हुने ठोकुवा गरेका छन् । कानुनी रूपमा नेकपा विभाजन भइनसकेकाले प्रथम अध्यक्ष जहाँ हो, नेकपा र सूर्य त्यहीँ रहने उनले दाबी गरे ।
धनुषा, सिरहा हुँदै सिन्धुली आइपुगेका उपप्रधानमन्त्री पोखरेलले बुधबार रातमाटामा आयोजित अगुवा कार्यकर्ता भेलामा वैशाखमा चुनाव हुनेमा शंका नगर्न पनि आग्रह गरे ।





