

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले प्रदेश २ को संसदीय दलका नेता सत्यनारायण मण्डललाई पदबाट हटाएको छ ।
नेकपाको प्रचण्ड-नेपाल समूहको आज बसेको संसदीय दलको बैठकबाट मण्डललाई कारबाही गरी दलको नेताबाट हटाइएको हो ।
प्रदेशसभामा नेकपाका ३२ सदस्यमध्ये १९ जनाले मण्डलविरूद्ध अविश्वास प्रस्तावमार्फत् संसदीय दलका नेताबाट हटाएका हुन् । बैठकले संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गरेको छ।
यस्तै, प्रदेश २ संसदीय दलको उपनेतामा रामकुमार यादव, प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सचेतकमा बेची लुङ्गेली छन्।